प्रत्येक महिना वा निश्चित नियमित अवधिमा संस्थाको सदस्य रहादासम्म अनिवार्य रुपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचत रकमलाई नियमित बचत भनिने छ ।
मासिक रुपमा रु १०० देखी रु ५००० सम्म जम्मा गर्न सकिने ।
७० वर्ष उमेर पुरा भएपछि वा शारिरिक रुपमा असक्त, विरामी भई अस्पताल भर्ना भएमा भुक्तानी पाईने ।
संस्थाले शेयर थपको आव्हान गरेमा ५ वर्ष पछि शेयरमा रकमान्तर गर्न मिल्ने ।
बचत रकमको आधारमा कर्जा माग गरेमा रु पचास हजार सम्मको बचत रकममा बचत रकमको अधिकतम २ गुणा सम्म र सो भन्दा बढि बचत रकममो अधिकतम रु. एक लाख वा बचत रकमको १.५ गुणा सम्म सम्म बचत निक्षेप कर्जा पाईने । तर यस्तो कर्जा तोकिए बमोजिमको निकायको स्वीकृतिमा मात्र लगानी गरीनेछ ।
७० वर्ष उमेर पुगेका सदस्यहरुले खाता सञ्चालन गरको २ वर्ष पश्चात र ७५ वर्ष उमेर पुगेका सदस्यहरुले खाता सञ्चालन गरेको १ वर्ष पश्चात भुक्तानी लिन सकिने ।
प्रत्येक महिनाको मसान्त भित्र अनिवार्य बचत गरिसक्नु पर्ने छ ।
अवधि भन्दा पछि प्रतिहजार प्रतिदिन रु. ५ रुपैयाा विलम्ब शुल्क लाग्नेछ ।